Skip to content

सुनचाँदीको भाउमा लगातार कीर्तिमान, सुन तोलाको २ लाख ७० हजार नाघ्यो

कालोपाटी

२३ घण्टा अगाडि

काठमाडौं — सुनचाँदीको भाउले आज पनि नयाँ कीर्तिमान कायम गरेको छ। सुनको मूल्य आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढ्दै तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।यसअघि अस्ति शुक्रबार पनि सुनको भाउ कीर्तिमान कायम गर्दै तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको भाउ पनि आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। महासङ्घका अनुसार चाँदी आज तोलामा २ सय ७० रुपैयाँले बढ्दै तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ५ सय ६५ रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलरको मूल्य र भूराजनीतिक अवस्थाका कारण घरेलु बजारमा पनि लगातार मूल्य वृद्धि भइरहेको व्यवसायीहरूको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्