काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले बालेन शाह र रास्वपाबीच भएको बृहत् एकताको सहमतिपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएकी छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र रास्वपाबीच सहमति भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले क्रमशः पूरा देश नै ‘घण्टीमय’ हुँदै जाने र देशले काँचुली फेर्ने विश्वास व्यक्त गरेकी हुन्।
उनले सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरूलाई घण्टीमा गोलबद्ध हुन पुनः आह्वान गर्दै शान्त र भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत र समृद्ध नेपाल निर्माण गर्नुपर्ने बताएकी छन्।
कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्,
‘अब क्रमशः पूरा देश नै घण्टीमय हुँदै जानेछ। देशले काँचुली फेर्नेछ। फेरि पनि सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरूलाई घण्टीमा गोलबद्ध हुन आह्वान गर्दछु। आउनुस्, शान्त भद्र “निलो क्रान्ति” मार्फत समुन्नत र समृद्ध नेपाल निर्माण गरौँ। अबको आशा रास्वपा।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्