काठमाडौं – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ५५ अङ्कले बढेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा पुगेको छ ।
विशेषगरी विकास बैंक, फाइनान्स र अन्य समूहका शेयर २ प्रतिशतभन्दा बढीले बढेका छन्। कुल २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर घटेको छ।
कम्पनीगत रूपमा मिड सोलु हाइड्रोपावरको शेयर सबैभन्दा बढी, साढे ९ प्रतिशतले बढेको छ। तर विन नेपाल लघुवित्तको शेयर भने १० प्रतिशतले घटेको छ।
करोबारको दृष्टिले पनि बजार सक्रीय देखिएको छ। आज ३२८ कम्पनीको १ करोड ३४ लाख कित्ता शेयर ५ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएको छ, जुन अघिल्लो बुधवारको ३ अर्ब २२ करोडको कारोबारभन्दा उल्लेखनीय रूपमा बढी हो।
विशेषज्ञहरूले बजारको हालको उचाइलाई लगानीकर्ताको सकारात्मक भावना र कम्पनीगत नतिजासँग जोडेर हेरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्