काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरी अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताएका छन्।
सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै सीडीओ पौडेलले सडक सुरक्षा, यात्रु सुरक्षा तथा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।
उनले जेनजी आन्दोलनपछि ट्राफिक प्रहरी कठिन परिस्थितिमा पुगेको स्मरण गर्दै हाल अवस्था क्रमशः सुधार भई ट्राफिक प्रहरी अझ सशक्त रूपमा सडकमा फर्किएको बताए।
‘जेनजी आन्दोलनपछि सुरुमा ट्राफिक प्रहरी सडकमा थिएन, सवारीसाधन थिएन, ड्रेससमेत थिएन, चारैतिर जलेका संरचनाहरू मात्र थिए,’ उनले भने, ‘तर अहिले हरेक चोक–चोकमा ट्राफिक प्रहरीको उपस्थिति देख्न सकिन्छ।’
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले नागरिक र प्रहरीबीचको सम्बन्ध सुधार गर्न सकारात्मक सोच आवश्यक रहेको बताए।
‘नागरिकसँग प्रहरीको सम्बन्ध कसरी अझ राम्रो बनाउन सकिन्छ भन्ने सोच र सकारात्मक मन लिएर मात्रै आए पनि त्यो हाम्रो लागि ठूलो सम्पत्ति हो,’ अधिकारीले भने।
कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उपत्यका ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण गरिएको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्