Skip to content

प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यी पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने उल्लेख गरेकी छन् । साथै, यस्ता पर्वहरूले आपसी एकता, शान्ति र सद्भावलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले तमु ल्होसार र म्हैप्रु नकुमा पर्वले सबै नेपालीको जीवनमा सुख, समृद्धि र समुन्नति ल्याओस् भन्ने कामनासमेत व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्