Skip to content

सुनको मूल्य एकैदिन ७ हजार ९ सयले घट्यो, चाँदी पनि सस्तियो

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं ।दिनहुँ उकालो लागेको सुनचाँदीको भाउ मंगलबार एकाएक ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको भाउ प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको भाउ पनि मंगलबार प्रतितोला ३ सय ५ रुपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्