काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच ऐतिहासिक एकीकरणको सहमति भएको जानकारी दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई केन्द्रमा राख्दै दुवै पक्ष एक ठाउँमा उभिएको बताएका छन् ।
उनले लेखेका छन्, “पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।”
घिसिङले यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास दिलाउने उल्लेख गर्दै उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन जनताको निरन्तर साथ र सहयोग रहनेमा आफूहरू विश्वस्त रहेको बताएका छन् ।
“यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास दिलाउँछ,” उनले भनेका छन्, “उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं।”
एकीकरणपछि दुवै पार्टीले राजनीतिक एकतालाई थप मजबुत बनाउँदै आगामी निर्वाचन तथा विकासका अभियानहरूमा साझा रणनीतिका साथ अघि बढ्ने तयारी गरिरहेको जनाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्