काठमाडौँ ।गृहमन्त्री ओमप्रकाश अर्यालले देशलाई थप अस्थिरताबाट जोगाउन तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्नुको कुनै विकल्प नभएको बताएका छन्।
बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयद्वारा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको मुख्य दायित्व निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको स्पष्ट पारे।
उनले भने, “निर्वाचन लोकतन्त्रको असल अभ्यास हो र यो अपरिहार्य छ। निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पुर्याई शासनलाई वैधानिकता प्रदान गर्दछ।”
गृहमन्त्री अर्यालले निर्वाचनविना सुशासन कायम गर्न कठिन हुने उल्लेख गर्दै निर्वाचन नहुँदा देश थप अस्थिरतातर्फ धकेलिन सक्ने चेतावनी दिए। “आवधिक निर्वाचन नै सुशासनको आधार हो। ताजा जनादेश प्राप्त सरकारले मात्र सुशासन कायम गर्न सशक्त रूपमा काम गर्न सक्छ,” उनले भने।
उनले निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ वर्तमान नागरिक सरकार गठन भएको उल्लेख गर्दै शान्ति–सुरक्षाको प्रत्याभूति गर्दै तोकिएको मितिमै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए।
गृहमन्त्री अर्यालका अनुसार शान्ति सुव्यवस्था कायम गर्न र निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न प्रदेश सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहनेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्