Skip to content

राहदानी छपाइ वितरण पहिलेझैँ नियमित हुने

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौँ ।राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति, छपाइ र वितरण पुरानो व्यवस्था अनुसार नै हुने जानकारी दिएको छ। अब जिल्लारइलाका प्रशासन कार्यालय वा विदेशमा रहेका नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिने आवेदकको राहदानी समयमै छपाइ गरी पूर्ववत् रूपमा सम्बन्धित कार्यालयमा पठाइनेछ।

यदि तुरुन्त राहदानी आवश्यक भएमा, विभागमा आवेदन दिने व्यक्तिले आफू रोजेको समयमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ। जिल्लारइलाका प्रशासन कार्यालयबाट मङ्सिर १५ गतेसम्म आवेदन दिने आवेदकको राहदानी तयार भइसकेको छ भने, त्यसपछि आवेदन दिनेहरूका राहदानी पुस २५ गतेसम्म पठाइने व्यवस्था गरिएको छ।

विदेशमा रहेका आवेदकको राहदानी मङ्सिर मसान्तसम्म पठाइसकिएको र बाँकी आवेदकको राहदानी नियमित तालिकाअनुसार छपाइ गरि पठाइनेछ।विभागले सम्पूर्ण सेवाग्राहीलाई निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्