काठमाडौँ । आउँदो माघ ४ गतेदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार समूह चरणमा नेपालका चारवटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। यसअघि सार्वजनिक गरिएको तालिकामा नेपालका दुई खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा राखिएको थियो।
तालिकाअनुसार नेपालले माघ ४ गते थाइल्यान्डसँग पहिलो खेल खेल्नेछ। त्यसपछि माघ ८ गते नेदरल्यान्ड्स, माघ १० गते जिम्बावे र माघ १२ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन टोली ‘सुपर–सिक्स’ चरणमा प्रवेश गर्नेछन्। ‘सुपर–सिक्स’ बाट शीर्ष चार टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने आईसीसी महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्