काठमाडौँ । नेपाली कांग्रेसका १७ भ्रातृसंस्थाले पार्टी नेतृत्व र पदाधिकारीहरूलाई एक ढिक्का भएर अघि बढ्न अपिल गरेका छन्।
शुक्रबार जारी संयुक्त अपिलमा ती संस्थाहरूले देश र जनतालाई सङ्कट मुक्त गर्न सबैलाई आह्वान गर्दै पार्टीलाई एकताबद्ध बनाउने आग्रह गरेका हुन्। अपिलमा निर्वाचनको मिति तोकिएको अवस्थामा पार्टीले विभाजन नगरी एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको उल्लेख गरिएको छ।
अपिलमा सहभागी प्रमुख नेताहरूमा नेपाल महिला संघकी अध्यक्ष उषा राउत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहाल, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, नेपाल दलित सङ्घका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, नेपाल भूतपूर्व सैनिक सङ्घका अध्यक्ष गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक प्राध्यापक सङ्घका अध्यक्ष जगत तिमिल्सिना, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगर, नेपाल लोकतान्त्रिक अपाङ्ग सङ्घका महासचिव मनोहरि श्रेष्ठ, नेपाल मुस्लिम सङ्घका अध्यक्ष अतावुल मन्सुरी रहेका छन्।
त्यस्तै, नेपाल थारु सङ्घका अध्यक्ष शिवनारायण महतो गुरौ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल राष्ट्रिय मगर सङ्घका अध्यक्ष इच्छुराम रानामगर र नेपाल तामाङ सङ्घका अध्यक्ष रामकृष्ण इन्द्र पनि यस अपिलमा सहभागी थिए।
अपिलमा लेखिएको छ, ‘नियमित महाधिवेशन वैशाख २८ देखि ३१ सम्म र फाल्गुन २१ गते आमनिर्वाचन सम्पन्न हुने परिप्रेक्ष्यमा पार्टी एक ढिक्का भएर अघि बढ्नुको कुनै विकल्प छैन।’
यी भ्रातृसंस्थाहरूले हालको देशको राजनैतिक सङ्कट र कांग्रेसभित्र देखिएको तिक्तताको समाधान खोज्न सभापति, कार्यवाहक सभापति र केन्द्रीय समितिको ध्यानाकर्षण गराएका छन्। साथै सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई संयमित र जिम्मेवार तरिकाले सहअस्तित्व स्वीकार गरी सहमतिमा अघि बढ्न आग्रह गरिएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्