काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा नेपालमा विप्रेषण आप्रवाह ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा यो ३५.६ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले वृद्धि भएको थियो।
२०८२ मङ्सिर महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष सोही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ प्रतिशतले बढेर ६ अर्ब १६ करोड डलर पुगेको छ।
समीक्षा अवधिमा कुल खुद द्वितीय आय ९ खर्ब ५४ अर्व ७८ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आय ७०० अर्व ४३ करोड रहेको थियो। वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ।
चालु खाता बचतमा ३ खर्ब ५८ अर्ब ८३ करोड रहेको छ। यसैगरी, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ४७ करोड र शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ।
२०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रहेकोमा, २०८२ मङ्सिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २२ अर्ब १३ करोड डलर पुगेको छ, जुन १३.५ प्रतिशतको वृद्धिसँग मेल खान्छ।
नेपाल राष्ट्र बैंकका अनुसार, कुल आर्थिक प्रवाह र विदेशी विनिमय सञ्चितिमा आएको वृद्धिले आर्थिक स्थिरता र वैदेशिक आम्दानीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्