Skip to content

‘सही तथ्यांकले मात्रै असल नीति निर्माण सकिन्छ’: अर्थमन्त्री

कालोपाटी

१५ घण्टा अगाडि

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांक उपलब्ध भएको खण्डमा मात्रै वैज्ञानिक र समयसापेक्ष नीति निर्माण गर्न सकिने बताउनुभएको छ।

शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रममा मन्तव्य दिँदै मन्त्री खनालले सरकारले केही समयभित्रै स्थानीय तहमा मानव विकास सूचकाङ्क (एचडीआई) तयार पार्ने योजना रहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “तथ्यांकहरु भएन भने हामी असल नीति निर्माण गर्न सक्दैनौँ। केही समयपछि एचडीआई निकाल्दैछौँ। गाउँपालिका र नगरपालिका तहमा निकाल्न सकियो भने नीति निर्माण अझ वैज्ञानिक हुनेछ। यो प्रशासकीय विकास र औद्योगिक नीति निर्माणका लागि फाइदाजनक हुन्छ।”

अर्थमन्त्री खनालले राष्ट्रिय तथ्यांक कार्यालयलाई आवश्यक बजेट विनियोजन गरेर सहयोग गर्ने सरकारको तयारी भएको र नीति निर्माणका लागि तथ्यांकहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको पनि स्पष्ट पार्नुभयो।

उहाँले आवश्यक तथ्यांक नेपाल आफैँ आत्मनिर्भर भएर निकाल्नुपर्नेमा जोड दिनु भयो।

प्रतिक्रिया दिनुहोस्