Skip to content

५ महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

कालोपाटी

१ हप्ता अगाडि

काठमाण्डौ । चालू आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार साउनदेखि मङ्सिरसम्म कुल ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आइसकेको छ।

यो गत वर्षको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी हो। मङ्सिर महिनामै मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ, जुन गत वर्षको सोही महिनाभन्दा उल्लेख्य बढी हो।

यसै अवधिमा वैदेशिक रोजगारीका लागि १ लाख ७५ हजार ५९१ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ६३ हजार ९२४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ जनाले अन्तिम तथा पुनः श्रम स्वीकृति लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार