Skip to content

बझाङको चैनपुरमा सिरक डसना उद्योगमा आगलागी, १.८१ करोड रुपैयाँ क्षति

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । बझाङको सदरमुकाम चैनपुरमा रहेको सुर्मादेवी सिरक/डसना उद्योगमा आगलागी भएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बिजुलीको तार शर्ट हुँदा आगलागी सुरु भएको हो।

उद्योगका सञ्चालक किशोर खड्काका अनुसार आगलागीले मेशिन, औजार र पसलमा रहेका लत्ताकपडा, खाद्यान्न तथा हार्डवेयरको सम्पूर्ण सामग्री जलेको छ। यस घटनाबाट उद्योगसँगै जोडिएको मष्टा गाउँपालिका–४ की हरिनादेवी कठायतको होटलमा पनि क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाका अनुसार प्रारम्भिक क्षति मूल्यांकनमा करिब १ करोड ८१ लाख ६६ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रहरी र स्थानीयवासी मिलेर घटनास्थलको नियन्त्रण र थप जोखिम न्यूनीकरणमा लागिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्