Skip to content

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

कालोपाटी

१७ घण्टा अगाडि

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो ।

इन्डियन आइडलको उपाधि जितेर चर्चामा आएका तामाङ नेपाली सांगीतिक क्षेत्रमा समेत लोकप्रिय थिए । उनले गाएका थुप्रै नेपाली गीतहरू दर्शक–श्रोतामाझ अत्यन्त चर्चित छन् ।

तामाङको निधनले नेपाली संगीत र कला क्षेत्रले एक प्रतिभाशाली सर्जक गुमाएको छ । निधनको कारणबारे भने थप विवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्