Skip to content

अति संवेदनशील मतदानस्थलमा विशेष सुरक्षा, ३ प्रहरी र १० निर्वाचन प्रहरी परिचालन

कालोपाटी

१० घण्टा अगाडि

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १० हजार ९६७ मतदानस्थल तय गरिएको छ। निर्वाचन आयोगले मतदानस्थलहरूलाई सुरक्षा चुनौतीका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ।

३ हजार ६८० स्थल, प्रत्येकमा ३ प्रहरी र १० निर्वाचन प्रहरी खटाइने। थप मतदान केन्द्र भएमा प्रति केन्द्र २ प्रहरी र ४ निर्वाचन प्रहरी थपिने।संवेदनशील स्थल: ४ हजार ४४२ स्थल, प्रत्येकमा ३ प्रहरी र ६ निर्वाचन प्रहरी र सामान्य स्थल: २ हजार ८४५ स्थल, प्रत्येकमा ३ प्रहरी र ५ निर्वाचन प्रहरी राखिने छ ।

निर्वाचन सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था लागू गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल (३१ हजार), तेस्रो घेरामा सेना (७९ हजार) खटाइनेछ। यसैगरी, राष्ट्रिय अनुसन्धान विभागका २ हजार सुरक्षाकर्मीले सूचना संकलन गर्ने जिम्मेवारी पाउनेछन्।

कुल मिलाएर ३ लाख १५ हजार सुरक्षाकर्मी निर्वाचनको सुरक्षामा परिचालित हुनेछन्। निर्वाचनको शान्तिपूर्ण सञ्चालन सुनिश्चित गर्न यो सुरक्षा योजना लागू गरिएको हो।

प्रतिक्रिया दिनुहोस्