काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकताका क्रममा आफूले कुनै ठूलो पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले रास्वपाको साधारण सदस्य भएर बस्ने प्रस्ताव आफूले अन्तिम चरणसम्म राखेको बताए । तर आफूलाई १२ दिनसम्म ‘होल्ड’ गराएर राखिएको उनको आरोप छ ।
‘म आफैं उपाध्यक्षको जिम्मेवारीमा थिएँ, त्यो पनि वरीयतामा तल रहेर सहेर गएको हुँ,’ घिसिङले भने, ‘अन्तिम चरणमा मैले म रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई एड्जस्टमेन्ट गर्छु भन्ने प्रस्ताव पनि गरेको थिएँ।’
उनका अनुसार पछिल्ला १२ दिन उज्यालो नेपाल पार्टी र त्यसका सदस्यहरूका लागि पीडादायी समय बनेको थियो । एकतर्फी रूपमा सहमति भंग गरिएको जानकारी आफूलाई ढिलो दिइएको र त्यसबीच रास्वपाले विभिन्न स्थानमा पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्दा उज्यालो नेपालका कार्यकर्तामाथि मानसिक दबाब परेको उनको भनाइ छ ।
‘मिडियामार्फत एकतर्फी रूपमा सहमति तोडिएको खबर आयो,’ उनले भने, ‘त्यो अवधिमा उज्यालो समर्थक साथीहरूले धेरै पीडा भोग्नुपर्यो ।’
घिसिङले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको र बसेको केन्द्रीय समितिको बैठकबाट आफू अध्यक्षमा चयन भएको जानकारी दिए । उनले आगामी दिनमा आफ्नो नेतृत्वमा उज्यालो नेपाल पार्टीलाई देशव्यापी रूपमा सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्