Skip to content

सेयर बजारमा सामान्य सुधार, करिब ७ अर्बको कारोबार

कालोपाटी

५ दिन अगाडि

 काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार देखिएको छ। सोमबार ५ अंकले घटेको नेप्से मंगलबार ४.९० अंकले बढेर २६३९.९१ बिन्दुमा पुगेको छ।

कारोबार सुरुमा करिब २० अंकले बढेको नेप्से सूचक मध्यसमयमा घटे पनि अन्त्यमा सकारात्मक भएर बन्द भएको हो। मंगलबार कारोबार रकममा पनि सुधार आएको छ। नेप्सेका अनुसार ३४९ कम्पनीको ७७ हजार १७ कारोबारबाट ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको १ करोड ३६ लाख २४ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।

बजारमा ११८ कम्पनीको सेयर मूल्य बढ्दा समग्र सूचक सकारात्मक बनेको हो। थ्रिस्टार जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशत र दोर्दी जलविद्युत्को ९.३८ प्रतिशतले बढेको छ।

समूहगत सूचकमध्ये विकास बैंक, जलविद्युत्, लगानी, सामूहिक लगानी कोष, निर्जीवन बीमा, अन्य र व्यापार समूह बढेका छन् भने बैंकिङ, वित्त, होटल, जीवन बीमा, उत्पादनमूलक र लघुवित्त समूह घटेका छन्।

लगानीकर्ताहरू हाल ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्। बैंकिङ ब्याजदर घट्दो क्रममा रहे पनि राजनीतिक अस्थिरता र आगामी फागुनको प्रतिनिधिसभा निर्वाचनको अनिश्चितताले सेयर बजारमा लगानी विस्तार हुन नसकेको विश्लेषकहरू बताउँछन्।

सोमबार नेप्सेमा ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार