Skip to content

सुन-चाँदीको मूल्यमा गिरावट, सुन तोलामा १५०० रुपैयाँ घट्यो

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको नयाँ मूल्य २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर मानिएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ५ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्