काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीबाट निर्वाचन आयोग प्रभावित नहुने विश्वास व्यक्त गर्नुभएको छ।
निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै उहाँले केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ उल्लेख गर्दै यस्तो धारणा राख्नुभएको हो।
शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिनुभएको थियो।
यस सन्दर्भमा प्रतिक्रिया दिँदै उपसभापति शर्माले पार्टीका केही पूर्वपदाधिकारीसहित आयोग पुगेको उल्लेख गर्दै निर्वाचन आयोग यस्ता धम्की र दबाबबाट प्रभावित नहुने र आफ्नो निष्ठा कायम राख्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्