Skip to content

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिट दर्ता, माघ ६ गते पेसी

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

रिट युवराज पौडेलले दायर गरेका छन्। यसमा महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाइएको छ। सर्वोच्च अदालतले रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ।

रिटमा निवेदकले माग गरेका छन् कि लामिछानेमाथि लागेको सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरू कमजोर नबनाइयोस् र कानुनी प्रक्रियामा कुनै अवरोध नपुर्याओस्।

निवेदनमा उल्लेख छ कि महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू बदर गर्नुपर्छ। साथै, निवेदकले दाबी गरेका छन् कि लामिछानेलाई उन्मुक्ति दिने नियतले स्वेच्छाचारी निर्णय गरिएको र यो गैरकानुनी तथा बदनियतपूर्ण रहेको छ।

यसअघि महान्यायाधिवक्ताको कार्यालयले काठमाडौँ, कास्की र रुपन्देही जिल्ला अदालतमा चलिरहेका मुद्दामा सहकारी ठगी र सङ्गठित अपराधको अभियोग केवल लामिछानेको पक्षमा कायम नराख्ने निर्णय गरेको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार