Skip to content

मनोनयन दर्ताको समय थप गर्ने निर्वाचन आयोगको तयारी

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयवाधि बढाउने तयारी गरिरहेको छ।

आयोगका स्रोतका अनुसार दलहरूको अनुरोधअनुसार मनोनयन दर्ताको समय केही दिन थप गर्न विचार भइरहेको छ। स्रोतले भने, “निर्वाचनको कार्यतालिका सर्दैन, तर मनोनयन दर्ताको समय केही दिन थप हुनसक्छ। आधिकारिक निर्णय अझ बाँकी छ।”

निर्वाचन कार्यतालिकाअनुसार दलहरूले माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्नुपर्ने छ। आयोगले कम्तिमा दुई दिन समय थप्ने तयारी गरेको छ र सम्भावित नयाँ मिति माघ ८ हुन सक्ने स्रोतले बताएका छन्।

यसअघि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोगमा पुगेर मनोनयन दर्ताको समय सार्न आग्रह गरेका थिए। देउवा पक्षले सर्वोच्च अदालतमा दिएको रिटमा पनि मनोनयन दर्ता सार्न आदेश माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार