काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व श्रम मन्त्री रामेश्वर राय यादव केही नेता–कार्यकर्तासहित जसपा नेपालमा प्रवेश गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा आइतबार आयोजित कार्यक्रममा नेकपाका प्रभावशाली नेता यादवसहित दर्जनौं नेता–कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन्।
रामेश्वर यादव तत्कालीन माओवादीबाट मन्त्री बनेका थिए र सर्लाही–३ बाट टिकट मागेका थिए। तर पार्टीले त्यहाँ नारायणकाजी श्रेष्ठलाई अघि सारेपछि उनी असन्तुष्ट बनेका हुन्।
उनीसँगै सर्लाही–३ क्षेत्रको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादव र पत्रकार विजय यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्