Skip to content

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । रास्वपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारीका लागि उनले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

मन्त्री गुप्ताले उम्मेदवारी दर्ताअघि नै पद छोड्ने निर्णय गरेको जानकारी दिएका छन् । “मैले प्रधानमन्त्रीलाई राजीनामा दिने विषयमा जानकारी गराइसकेको छु । अब औपचारिक प्रक्रिया मिलाउन मात्र बाँकी छ,” उनले भने ।

उनका अनुसार अब उनी पूर्ण रूपमा चुनावी अभियानमा केन्द्रित हुनेछन् । रास्वपाबाट चुनाव लड्ने तयारीसँगै मन्त्री पदमा बसिरहनु उपयुक्त नहुने ठहर गर्दै उनले राजीनामा दिएको बताए ।

बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको सरकारमा युवा पुस्ता (जेन–जी) को प्रतिनिधिका रूपमा सहभागी भएका थिए । मन्त्रीका रूपमा रहँदा उनले युवा सशक्तीकरण, खेलकुद संरचना विकास तथा नीति सुधारका विषयमा पहल गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार