काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । निर्वाचन आयोगको अनुरोधपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।निर्वाचन आयोगले प्रसाईंले सार्वजनिक गरेको एक भिडियो सामग्रीलाई आधार बनाउँदै अनुसन्धानका लागि प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको जनाएको छ ।
प्रसाईंले उक्त भिडियोमार्फत नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर निर्णय आफ्नो पक्षमा पारिएको गम्भीर आरोप लगाएका थिए । आयोगले यस आरोपलाई भ्रामक र आधारहीन भएको भन्दै छानबिन आवश्यक ठहर गरेको थियो ।
आयोगका अनुसार प्रसाईंको अभिव्यक्तिले निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएको र जनविश्वास कमजोर बनाउने प्रयास भएको देखिएकाले अनुसन्धान अघि बढाइएको हो । उनीमाथि निर्वाचन कसुरसम्बन्धी ऐन तथा मुलुकी फौजदारी संहिताअन्तर्गत कारबाहीको माग गरिएको छ ।
प्रसाईंलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्