Skip to content

काठमाडौं-४ छोड्दै गगन थापा, सर्लाही-४ बाट उम्मेदवार

कालोपाटी

८ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । पार्टी स्रोतका अनुसार थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेका हुन् ।

यसअघि थापाले काठमाडौं–४ बाट लगातार तीन पटक प्रतिनिधि सभा सदस्यमा विजयी हुँदै आएका थिए । सर्लाही–४ बाट उम्मेदवारी दिने निर्णयलाई संगठन विस्तार र तराई–मधेस क्षेत्रमा कांग्रेसको उपस्थितिलाई थप बलियो बनाउने रणनीतिसँग जोडेर हेरिएको छ ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले उम्मेदवार चयनको तयारी तीव्र पारेको छ भने सभापति थापाको निर्वाचन क्षेत्र परिवर्तनले राजनीतिक वृत्तमा चासो बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार