Skip to content

शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा

कालोपाटी

८ घण्टा अगाडि

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्री पुनले व्यक्तिगत अभियानलाई निरन्तरता दिनुपर्ने भन्दै राजीनामा दिएको जानकारी सार्वजनिक गरिएको हो ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत मन्त्री पुनको राजीनामाबारे जानकारी दिँदै लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभएको छ ।’

शिक्षा क्षेत्रमा सुधार र प्रविधि विकासलाई प्राथमिकतामा राख्दै आएका पुनले मन्त्री पद सम्हालेको छोटो अवधिमा विभिन्न नीतिगत पहल सुरु गरेका थिए । उनको राजीनामासँगै मन्त्रालयको नेतृत्व र आगामी कार्यदिशाबारे चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार