Skip to content

सुनचाँदीको भाउमा कीर्तिमान: सुन तोलाको २,८४,७०० रुपैयाँमा पुग्यो

कालोपाटी

२ दिन अगाडि

काठमाडौं । सुनचाँदीको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। आज सुनको भाउ तोलामा २,७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको भाउ पनि आज तोलामा ७० रुपैयाँले बढेर ५ हजार ८ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलामा ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको भाउमा निरन्तर बढोत्तरीले बजारमा निवेशकर्ताको चासो र सरदर मूल्य दुवैमा प्रभाव परेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार