Skip to content

पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी

कालोपाटी

३ घण्टा अगाडि

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसहित मुद्दामा संलग्न अन्य प्रतिवादीका लागि धरौटी निर्धारण गरेको हो।

गत असार १ मा वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा पर्सामा दायर भएको थियो। उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।

रवि अदालतमा हाजिर भइसकेको अवस्थामा चितवन–२ बाट मनोनयन दर्ता गर्ने तयारीमा थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार