Skip to content

देशमा चुवानी सरगर्मी बढेसँगै शेयरबजारमा उत्साह, नेप्से सूचक २७ सय अंकमाथि उक्लियो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ ।  यतिबेला देशमा चुनावी सरगर्मी बढेको छ । २१ फागुनमा हुने प्रतिनिभिसभाको निर्वाचनका लागि आज देशैभरीबाट १६५ निर्वाचन क्षेत्रमै उमेदवारी दर्ता हुँदैछ । देशनै चुनावमय हुँदैर्दा यता शेयरबजारमा पनि त्यो उत्साह देखिएको छ ।

मंगलबार शेयर बजार परिसूचक नेप्से ४२।२६ अंकले बढ्दै २ हजार ७१४।८१ अंकमा उक्लिएको हो । निकै लामो समयपछि नेप्से सूचक २७ सय अंकमाथि उक्लिएको हो ।

त्यसो त आज कारोबार समेत भारी वृद्धि हुँदै ११ अर्ब ८५ करोड रुपैयाँमाथिको भएको छ ।

आज सबै १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २२४ कम्पनीको शेयर मूल्य बढ्दैगर्दा जम्मा ३१ कम्पनीको मात्र मूल्य घटेको छ ।

आज गोर्खाज फाइनान्सको शेयर मूल्यमा सर्किट लागेको छ भने आघुँ खोला जलविद्युत कम्पनीको शेयर मूल्य ८।१३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार