Skip to content

जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको आज म्याद सकिँदै

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौँ । भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’ का क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको थपिएको म्याद आज सकिँदै छ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगको कार्यादेश सुरुमा तीन महिनाको थियो। तर तोकिएको समयमा काम पूरा हुन नसकेपछि एक महिना म्याद थप गरिएको थियो। आयोगले हालसम्म प्रतिवेदन लेखनको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको जनाउँदै थप समय आवश्यक रहेको बताएको छ। यसै सन्दर्भमा आयोगले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर दुई साताको थप म्याद मागेको थियो।

आयोगलाई आन्दोलनका क्रममा प्रदर्शनकारी तथा राज्य पक्षबाट भएको जनधनको क्षतिको कारण पहिचान गर्ने र दोषी निर्धारण गर्ने जिम्मेवारी दिइएको भए पनि काम अपेक्षाअनुसार अघि नबढेको भन्दै आलोचना हुँदै आएको छ। जिल्ला दौडाहाका क्रममा विभिन्न राजनीतिक दलका नेताहरूको आक्रोशका कारण आयोग टोली फर्किनु परेको घटनाले पनि आयोगको कार्यप्रगतिमाथि प्रश्न उठाएको छ।

यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङमाथि सुरुमा स्थानहद लगाइए पनि पछि लिखित बयानपछि सो प्रतिबन्ध फुकुवा गरिएको थियो। यसपछि आयोग थप निस्क्रिय बनेको भन्दै आलोचना तीव्र भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार