काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले सर्लाही ४ क्षेत्रका समस्या अध्ययन गर्न शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ र आईटी टीम परिचालन गरेका छन्। उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै व्यवस्थित रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
थापाका अनुसार सर्लाही ४ मा सांसद कार्यालय स्थापना गरिनेछ, जहाँ क्षेत्रका नागरिकले आफ्नो समस्या टिपाउन सक्नेछन्। सर्लाहीसँगै काठमाडौंमा पनि कार्यालय सञ्चालन हुने बताइएको छ।
उनले भने, “यहाँको समस्या तुरुन्त काठमाडौंको कार्यालयमा पुग्छ। धेरैजसो काम त्यहाँबाटै म सम्पादन गर्छु। मेरो टीमले सर्लाही क्षेत्रका विषय, मुद्दा र समस्याहरू अध्ययन गरी ५ वर्षका लागि कार्य योजना तयार पार्नेछ।”
थापाले थपे, “म मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये सर्लाही ४ लाई उत्कृष्ट बनाउने लक्ष्य राखेको छु। भर्खर कांग्रेसको सभापति बनेको छु र अर्को ८–१० वर्ष सक्रिय राजनीतिमा रहनु छ।”
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्