काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । नेप्से १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा पुगेको हो । बजार सूचक घटे पनि कारोबार रकम भने बढेर उत्साहजनक देखिएको छ ।
बिहीबार नेप्सेमा ३२० कम्पनीको सेयर कारोबार हुँदा १४ अर्ब ५६ करोड रुपैयाँ बराबरका ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर किनबेच भएका छन् । यो रकम अघिल्लो दिनको तुलनामा बढी हो । यस दिन ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
समूहगत रूपमा अधिकांश परिसूचक घटेका छन् । बैंकिङ, विकास बैंक, वित्त, होटल, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमूलक र व्यापार समूह ओरालो लागेका छन् । यद्यपि जलविद्युत्, लगानी र सामूहिक लगानी कोष समूह भने सामान्य रूपमा बढेका छन् ।
लगानीकर्ताहरूले आगामी निर्वाचनका लागि खर्च जोहो गर्न सेयर बिक्री बढाएको अनुमान गरिएको छ । बजार घटे पनि उच्च कारोबार रकमका कारण लगानीकर्ताको चासो अझै कायम रहेको देखिन्छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्