Skip to content

बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा अछाम गएका एक व्यक्ति बेहोस भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान अछाममा एक्कासी बेहोस भएपछि उद्धार गरी काठमाडौं ल्याइएको हो।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार सिटौलालाई सुर्खेतबाट सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।
‘सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं,’ प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए।

सिटौला काठमाडौंदेखि नै बालेनसँगै चुनावी प्रचार अभियानमा सहभागी हुँदै अछाम पुगेका थिए। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार