Skip to content

निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । अर्थ मन्त्रालयले आगामी निर्वाचनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबर स्रोत सहमति प्रदान गरेको छ, जसमध्ये ६ अर्ब ३५–३६ करोड निकासा भइसकेको छ।

निर्वाचन आयोगलाई १८ कात्तिकमा ४ अर्ब ९६ करोड, २० पुसमा १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ र अन्य मिति अनुसार कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ स्रोत सहमति दिइएको छ। अहिलेसम्म आयोगलाई ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ।

सुरक्षा निकायका लागि पनि ठूलो बजेट छुट्याइएको छ। राष्ट्रिय अनुसन्धान विभागलाई १३ कात्तिकमा २ करोड ८० लाख, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार, र २० पुसमा १ अर्ब ९४ करोड स्रोत सहमति दिइएको छ। गृह मन्त्रालय र मातहतका निकायलाई १० अर्ब ३९ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार