Skip to content

आसन्न निर्वाचनमा करिव ३२ अर्ब खर्च हुने सरकारको अनुमान

कालोपाटी

३ घण्टा अगाडि

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।
सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको बताउनुभएको हो । उहाँले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताउनु भयो । उहाँले हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भएपनि निर्वाचन गराउने बताउनु भयो । उहाँले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनु भयो । यस पटकको निर्वाचनमा करिव ३२ अर्ब खर्च हुने अनुमान रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले जसरी पनि निर्वाचन गराउँछ । कहीँ रोकियो भने दोस्रो चरणमा गराउँछ । थोरै ठाउँ भएकोमा त साधनको प्रयोग पनि हुनसक्छ । साधनको प्रयाग गरेर पनि मान्छेलाई ओसारेर पनि गरौँला । त्यहाँ हुनै नसक्ने अवस्था हो भने त्यही रुपबाट विचार गर्नुपर्छ । तर निर्वाचन जसरी पनि हुन्छ । यो इमरजेन्सी जस्तो हो ।

जसरी पनि निर्वाचन गराउनुपर्छ । निर्वाचन गराउँदा जनताले मत दिने हो नयाँ प्रतिनिधि आउने हो । उनीहरुले देश चलाउने हो । चुनाव सर्दैन, किन सार्नु र रु ३१, ३२ अर्ब खर्च हुन्छ, यो बेलामा । सबै निर्वाचनमा त होइन । कसलाई केके अभाव छ, त्यो पूरा गर्दा । भौतिक साधनहरुको अभावहरु पूरा गर्दागर्दै निर्वाचनको खर्च ।।। । म त त्यो त्यत्रो खर्च अहिले भइरहेको छ, विभिन्न देशबाट सहयोग भइरहेको छ । त्यो सहयोग यो स्थिति नआएको भए अर्कोतिर हुन्थ्यो नि ।’
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क रहेको बताउनु भयो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार