Skip to content

सुनको मूल्य एकैदिन तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ थियो।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरको उतारचढावका कारण पछिल्ला दिनमा सुनचाँदीको भाउ निरन्तर परिवर्तन भइरहेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार