Skip to content

कमलामाई नगरपालिकाका मेयरको घरमा अख्तियारको छापा

कालोपाटी

४ घण्टा अगाडि

 काठमाडौं ।सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। सोमबार अख्तियारको बर्दिबास शाखाबाट खटिएको टोलीले सिन्धुलीमाढीस्थित पोखरेलको घरमा गएर उनीसँग सोधपुछ गरेको थियो।

अख्तियारले छापा मार्नुको कारण पुरानो सभाहल भत्काउँदा त्यहाँबाट निकालिएको काठ हिनामिना भएको उजुरी परेको थियो। सो उजुरीअनुसार नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ हिनामिना भएको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

अख्तियारका एक अधिकृतका अनुसार मेयर पोखरेलको घरमा छापा मार्दा काठ फेला परेन। उनी थप अनुसन्धानका लागि छानबिन जारी रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार