काठमाडौं । सशस्त्र प्रहरीले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएर ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहट घर भएका २२ वर्षीय सुशील स्याङतान, र सुनसरीको घरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राई रहेका छन्।
सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाका अनुसार मंगलबार सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका आरोपीहरूको साथबाट एक थान पेस्तोल बरामद गरिएको छ।
डीएसपी थापाले जानकारी दिए अनुसार आरोपीहरूमाथि थप अनुसन्धान गर्न स्थानीय प्रहरीले जिम्मा पाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्