Skip to content

आजदेखि खाना पकाउने एलपी ग्यास सहज हुने निगमको दाबी

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने र अभाव हट्ने दाबी गरेको छ। हालसम्म काठमाण्डौ उपत्यकामा ग्यासको अभावका कारण उपभोक्ताहरूलाई पालो पर्खिनुपर्ने बाध्यता भइरहेको थियो।

उपभोक्ताले बिक्रेताबाट ग्यास पाउन नसक्ने समस्या आइरहेको बेला डिपोहरूमा पनि आपूर्तिमा कठिनाइ देखिएको थियो। जाडोमा ग्यासको खपत बढ्ने भएकाले समस्या झन् बढी भएको व्यवसायीहरूले बताएका छन्।

नेपाल आयल निगमका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भारतबाट मासिक ४९,५०० मेट्रिक टन ग्यास आयात हुँदै आएको छ। हाल निगमले देशभर रहेका ६० वटा उद्योगमा ग्यास उपलब्ध गराएको छ।

प्रवक्ता ठाकुरले उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै निगमले बजारलाई सामान्य अवस्थामा फर्काउने काम गरिरहेको जानकारी दिएका छन्। साथै, आगामी निर्वाचनलाई लक्षित गर्दै थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने तयारी पनि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार