Skip to content

बौद्धमा कपडा सुकाउन गएको मौका छोपी १ करोडभन्दा बढीका गरगहना चोरी

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्ध टुसालस्थित एउटै घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको सुन र चाँदीका विभिन्न गरगहना चोरी भएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार चोरी मंगलबार दिउँसो भएको हो। घरधनी रिन्जी लामाले कपडा धोएर छतमा सुकाउन गएको मौका छोपी चोरी भएको प्रारम्भिक अनुमान छ।

एसएसपी खड्काले भने, “कपडा सुकाउन छतमा गएर करिब एक घण्टा बिताएको भन्ने जानकारी प्राप्त भएको छ। त्यही अवसरमा चोरी भएको देखिन्छ। हामी अनुसन्धान गरिरहेका छौं।”

अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त बौद्ध, र जिल्ला प्रहरी परिसर काठमाडौं मिलेर घटनाको छानबिन अघि बढाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार