Skip to content

फोहोर नउठ्दा दुर्गन्धित र कुरूप बन्दै पोखरा

कालोपाटी

२ घण्टा अगाडि

। पोखरामा एक महिनादेखि फोहोर व्यवस्थापन नहुँदा सडक, चोक र सार्वजनिक स्थानहरू दुर्गन्धित र कुरूप बनेको छ। पोखरा–३२, लामेआहालको अस्थायी ल्यान्डफिल साइट भरिएपछि पुस अन्तिम साताबाट फोहोर उठेको छैन।

लेकसाइड र मुख्य सडकहरूमा फोहोर गन्हाउन थालेपछि महानगरले केही फोहोर सेती किनारको शान्तिवन वाटिकमा खाल्डो खनेर गाडेको थियो। तर दैनिक करिब दुई सय टन फोहर जम्मा हुने भएकाले समस्या अझै कायम छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने, “प्रक्रिया जारी छ। सकेसम्म छिटो व्यवस्थापन हुनेछ। त्यसअघिसम्म धैर्यधारणका लागि अनुरोध छ।”

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पनि नयाँ ल्यान्डफिल साइटको खोजी गर्दा स्थानीय नागरिकको अवरोधले समस्या भएको जानकारी दिनुभयो। पोखरा–३३, झाक्री खोलामा बनाउने भनिएको फोहोर प्रशोधन केन्द्रका कारण स्थानीय आन्दोलित छन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले फोहोर व्यवस्थापन नहुँदा पर्यटन क्षेत्रमा नकरात्मक प्रभाव परेको उल्लेख गर्नुभयो।

पोखरामा हाल दैनिक करिब दुई सय टन फोहोर उत्पादन हुने तथ्यांक महानगरले सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार