काठमाडौँ । सहरी विकास मन्त्रालयले भदौ २३–२४ गतेको आन्दोलनमा मृत्यु भएका ४२ जनाका परिवारलाई मासिक २१,८०० रूपैयाँ पेन्सन दिने निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार, पेन्सन रकम १० वर्षका लागि पुनर्निर्माण कोषबाट निकासा गरिनेछ। १० वर्षमा यसमा कुल ११ करोड ९० लाख २८ हजार रूपैयाँ खर्च हुनेछ।
आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो, जसमा जेलबाट भागेका बाहेकका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको थियो। तीमध्ये तीन जना प्रहरी पनि थिए, तर पेन्सन अहिले प्रहरी बाहेकका ४२ परिवारलाई मात्र उपलब्ध गराइएको छ।
अर्थ मन्त्रालयले भने राहतका लागि कुनै फाइल स्वीकृत नगरेको जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्