काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।
काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागअन्तर्गत न्यायिक समितिबाट घर/कोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी संघ–संस्थाले बहालमा लिएका घर–कोठा खाली गर्ने सम्बन्धमा मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकले गरेको निर्णयअनुसार उक्त सूचना प्रकाशित गरिएको हो ।
सूचनाअनुसार तपसिलमा उल्लेख गरिएका सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा सदस्यहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्नेछ ।
तोकिएको समयभित्र सम्बन्धित सहकारी संस्थाका पदाधिकारी, कर्मचारी वा सदस्य सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार सहकारीले बहालमा लिएका घर–कोठा खाली गरिने महानगरपालिकाले जनाएको छ । घर–कोठा खाली गरिँदा सहकारी कार्यालयमा रहेका सामानहरू सम्बन्धित घरधनीको जिम्मामा दिइने र पछि सहकारीका सम्पत्ति वा सरसामान सम्बन्धमा कुनै दाबी–विरोध स्वीकार नहुने पनि सूचनामार्फत जानकारी गराइएको छ ।
काठमाडौं महानगरपालिकाले न्यायिक समितिको निर्णय कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई समयमै सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्