Skip to content

सम्पादकीय नीति

१. कालोपाटीको उद्देश्य : खोजी पत्रकारितालाई जनसञ्जालसँग जोड्ने, राजनीतिक, आर्थिक, सामाजिक अपडेट नछोड्ने नीतिमा अडिग कालोपाटीको मुख्य उद्देश्य समाजको पहरेदार बन्नु हो ।

२. तथष्टता :पूर्वाग्रह हाम्रो दूर-दूरसम्मको सोचमा छैन । आचारसंहितामा अडिग रहनेबारे तथ्यभन्दा पर सोच्नै पर्दैन, हुँदैन ।

३. सत्यता र तथ्य–जाँच: सत्य खबर सञ्चार संस्थाको मुटु हो । मुटु बिग्रिन दिनुहुन्न भन्ने कुरामा हामी सचेत छौँ ।

४. पाठकसँग पारदर्शिता र भूलसुधार: गल्ती हुन सक्छ, सच्याउनेछौँ । गल्ती हुँदा माफी माग्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौँ ।

५. विज्ञापन र प्रायोजन :विज्ञापन र प्रायोजनमा आधारित पोष्टमा हामी प्रष्टसँग सो पोष्ट विज्ञापन हो भन्ने जानकारी दिन्छौँ ।

६. गोपनीयता र आपत्तिजनक सामग्री : स्रोतको सुरक्षामा हामी प्रष्ट छौँ । आपत्तिजनक सामाग्रीबारे हामी कठोर छौँ । यसबाट टाढा रहने कुरामा ‘नो बट, नो इफ ।’

७. पाठक सहभागिता : पाठक सहभागीताले हामीलाई बलियो बनाउनेछ भन्ने कुरामा हामी प्रष्ट छौँ । पाठकका लागि पाठकसँगै मिलेर पठनीय सामाग्री बनाउने कुरामा हामी प्रष्ट छौँ ।