Skip to content

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले गर्‍यो ‘नो भोट’ को निर्णय

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ  । ओखलढुंगाको चिशंखुगढी–६ भदौरे गाउँमा एक महिनाभित्र चार जनाको हत्या भएपछि बासिन्दा असुरक्षित महसुस गर्दै बसोबास छोड्न थालेका छन्। गाउँलेहरूले पीडितलाई न्याय र नागरिक सुरक्षाको प्रत्याभूति नभएसम्म आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन्।

भेलाले राजनीतिक सभा, जुलुस र भेला नगर्न आग्रह गर्दै सर्वपक्षीय संघर्ष समिति गठन गरेको छ। तर, नेपाली कम्युनिष्ट पार्टीले ‘नो भोट’ अभियानमा फरक मत राखेको छ।

गाउँलेहरूले तत्काल सुरक्षा सुनिश्चित गर्न हत्यारालाई पक्राउ, प्रहरी–सशस्त्र टोली परिचालन, प्रहरी चौकी स्तरोन्नति, स्थायी प्रहरी पोष्ट र CCTV जडान गर्न सरकारसँग माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार