Skip to content

सरकारले फ्री भिसा-फ्री टिकट नीति एक दशकपछि पुनरावलोकन गर्दै

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ  । सरकारले खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि लागू गरेको फ्री भिसा, फ्री टिकट नीतिको कार्यान्वयन भएको एक दशकपछि यसको पुनरावलोकन सुरु गरेको छ।

श्रम मन्त्रालयका अधिकारीहरूले नीतिको सकारात्मक र नकारात्मक पक्षहरूको अध्ययन सुरु गरेको बताए। वैदेशिक रोजगार व्यवसायीहरूले कार्यालय सञ्चालन खर्च धान्न कठिन भएको, कामदारहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक भएको भन्दै लामो समयदेखि सुधारको माग गर्दै आएका थिए।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले भने, “फ्री भिसा–फ्री टिकट नीतिलाई अध्ययन बिना लागू गरिएको थियो। यसले व्यवसाय र राज्य दुवैलाई चुनौती दिएको छ। तत्काल पुनरावलोकन आवश्यक छ।”

मन्त्रालयले अध्ययन पूरा भएपछिका निष्कर्षअनुसार नीतिमा आवश्यक सुधार लागू गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार