Skip to content

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तामा अनावश्यक भार नपरोस् भनी दैनिक उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ।

बुधबार जारी विज्ञप्तिअनुसार, विभागले प्रमुख खाद्यान्न तथा तेल उत्पादन गर्ने कम्पनी, पैठारीकर्ता र वितरकलाई अनुचित नाफा नलिई वस्तु उपलब्ध गराउन र मूल्य समायोजन गर्न आग्रह गरेको छ। हाल ग्यास, खानेतेल, चामल लगायतका अत्यावश्यक सामग्रीमा मूल्यवृद्धि र आपूर्तिमा कमी देखिएकाले उपभोक्तालाई राहत दिन यो कदम उठाइएको हो।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अन्तर्गत गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्न अनुगमन जारी राखेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार