काठमाडौं । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रभावकारी, निष्पक्ष र निर्भिक रूपमा निर्वाह गर्न निर्देशन दिएको छ।
मन्त्रालयले परिपत्र जारी गर्दै चुनावी अवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन आवश्यक कदम चाल्न र अनुगमनका क्रममा गरिएका कार्यहरूको नियमित प्रतिवेदन मन्त्रालयमा पठाउन भनेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकेको जानकारी दिनुभयो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्